काठमाडौं । पार्टी अध्यक्ष रविन्द्र मिश्रपक्षले वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई गरेको कारबाही कारयताको परकाष्ठा भएको मिलन पाण्डेपक्षले टिप्पणी गरेको छ।
मिश्रले पार्टीबाट निष्काशन गरेका विवेकशील साझाका संयोजक पाण्डे पक्षले पार्टीमा विधान विपरीत गठन गरिएको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीका वरिष्ठ नेताहरूसहित २६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरिएको समाचारहरूप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
उक्त पक्षले आज एक विज्ञप्ति जारी गर्दै पटक पटक स्थगित गरिएको महाधिवेशन टारेर पार्टीका सदस्यहरूको ध्यान विकेन्द्रित गराउन रचिएको अर्को षडयन्त्र भएको जनाएको हो । पार्टीकै सदस्यहरूबाट अस्वीकृत हुने डरले पटक पटक महाधिवेशन र आन्तरिक लोकतन्त्रबाट भागेर अहिले सर्वोच्चमा अदालत विचाराधीन मुद्दामा पराजित हुने भयले आत्तिएर यस्ता मनगढन्ते निर्णय गर्नु कायरताको पराकाष्ठता भएको पाण्डे पक्षले जनाएको छ ।
पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको बेला पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, एक जना संस्थापक पुकार बम, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल लगायत केन्द्रीय सदस्यहरु जिम्मेवारीबाट हटाइनुलाई आफूहरुले रवीन्द्र मिश्रको तानाशाही प्रवृत्तिको निरन्तरता र उनको लोकतन्त्र, विधि तथा सामान्य राजनीतिक इमानप्रतिको समेत अनास्थाको रूपमा लिएका लिएको विज्ञप्तिमा जनाइएको छ ।
‘आफू पार्टीको विचार र विधान विपरीत उल्टो बाटो हिँड्ने र पार्टीभित्र विधिको वकालत गर्ने नेताहरूलाई ‘लेभी नतिरेको’ जस्ता हाँस्यास्पद कारण देखाएर पार्टीबाट लखेट्नुले पुनः रवीन्द्र मिश्रको राजसंस्था मोह र लोकतन्त्र प्रतिको अनास्था तथा नेतृत्वशैलीको असक्षमता छताछुल्ल भएको छ’ उक्त पक्षले भनेको छ ।
आफ्नै विचार समूहका केही सुधारवादी, समालोचक नेताहरूको फरक मतलाई समेत असहिष्णु तरिकाले अपमान गरेबाट राप्रपासँग आफ्नो सम्भावित एकतामा जान सहज वातावारण बनाउने रवीन्द्र मिश्रको चाहना स्पष्ट हुने उक्तपक्षको दाबी छ ।


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend