काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बृद्धभत्ताको सुरूवात आफूले गरेको बताएका छन् ।
आज शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले बृद्धभत्ता आफूहरूले सुरू गरेको दावी गर्दै उक्त कुरा लाप्राकवासीले बिर्सेको भन्दै गुनासो समेत गरे।
‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला यो भत्ताको सुरू भएको र यो भत्ताको सुरुवात गर्ने गर्ने मान्छे म आफू नै हो भन्दै नेपालले भने, ‘कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।’
०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए । ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’
यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भूकम्पले क्षति पुर्याएका यस क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए। नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए ।
‘लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ’, नेपालले भने, ‘यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।’ नेपालले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend