Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयर साहको प्रश्न- के संघीय मन्त्रीले पनि राजीनामा दिनुपर्ने प्रावधान आयोगले राख्छ ?


    शुक्रबार, चैत्र ४ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान स्थानीय तहका प्रतिनिधिले उम्मेदवारि दिनुअघि राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेकोमा मधेस प्रदेशका अधिकांश जनप्रतिनिधिले विरोध जनाएका छन् ।

    जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने आचारसंहिता लागू गरेर निर्वाचन आयोगले गैर संवैधानिक कार्य गरेको आरोप लगाएका छन् । न्युज कारखानासँग कुरा गर्दै मेयर साहले भने,‘यो चुनाव आफैमा अवैधानिक हो । संविधानमा जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको छ । तर, मधेस प्रदेशका जनप्रतिनिधिको कार्यकाल साढे ४ वर्षमै समाप्त हुने गरी निर्वाचनको घोषणा गरिएको छ । जनप्रतिनिधिहरूले त्यसको विरोध गर्दा पनि कुनै सुनवाइ भएन । अदालतले पनि कुरा सुनेन ।’

    गाविस व्यवस्था हुँदा पनि बहालवाला जनप्रतिनिधिलाई निर्वाचनमा राजीनामा दिनुपर्ने प्रावधान नभएको उनले बताएका छन् । अहिले स्थानीय सरकार भएको अवस्थामा अर्को निर्वाचन लड्न किन राजीनामा दिनुपर्ने भन्दै उनले प्रश्न गरेका छन् ।

    ‘यसको तुक के हो ? दिनै पर्छ भने चुनावको वेला संघीय सरकारका मन्त्री, प्रधानमन्त्रीले पनि राजीनामा दिएपछि मात्रै उम्मेदवारी दिनुपर्ने प्रावधान राख्नुपर्छ । होइन भने यो ठूलो विभेद हो,’ उनले भने ।

    नेपाल संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरे पनि अहिले मुलुकमा कर्मचारीतन्त्र हाबी भएको उनको दाबी छ । ‘नेपालमा अझ पनि राजनीतिक इकाई हुन सकेको छैन । प्रशासनिक इकाई नै सञ्चालन भइरहेको छ । प्रशासनिक इकाई कहिले उत्तर तिर ढल्छ त कहिले दक्षिणको भयले काम गर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार