Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेकपाकाे केन्द्रीय समिति बैठकमा विप्लवद्वारा स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव पेस


    शुक्रबार, चैत्र ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्वको स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस  गरेका छन् ।

    कपिलवस्तुमा शुक्रबार बसेकाे बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

    अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने छ ।

    गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार