Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआइजी बढुवा प्रकरणः अन्तिममा डीआइजी कार्कीको नाम यसरी काटियो ?


    शुक्रबार, चैत्र ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले तीन डीआइजीलाई एआइजी बढुवाका लागि बुधबार सिफारिस गरेको छ । बरिष्ठ डीआइजी घनश्याम अर्याल र इश्वरबाबु कार्कीलाई एआइजीमा बढुवा सिफारिस नगरी अन्याय गरिएको छ ।

    एआइजी बढुवाका लागि डीआइजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको नाम सिफारिस गरिएको छ । सुरक्षाफौजमा सिनियरिटीको ठूलो महत्व हुन्छ । तर बरिष्ठ डीआइजी अर्याल र कार्कीलाई अन्याय गरी कनिष्टलाई बढुवा सिफारिस गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले इश्वरबाबु कार्कीलाई एआइजी बढुवा गर्ने आश्वासन दिए । कार्की बढुवाका लागि फाइल बोकेर सरोकारवाला धेरै निकायमा धाए पनि ।

    गृहमन्त्री खाँणले बढुवा गर्ने कुृुरामा विश्वास दिलाएका कार्कीलाई अन्तिम समयमा धोका दिएका छन् । बढुवा गर्ने २ दिनअघि गृहमन्त्री खाँणलाई बालुवाटारबाट रविन्द्रबहादुर धानुकलाई गर्नैपर्ने निर्देशन आएपछि उनी लत्रक्कै गले । कार्कीको पक्षमा अडान लिनेतिर भन्दा उनले बढुवाको अघिल्लो दिन मंगलबार धानुकलाई निवासमा बोलाए । र, धानुकलाई बढुवा गर्ने आश्वासन दिएर पठाएका थिए ।

    तुरुन्तै युटर्न भएका गृहमन्त्री खाँणको ब्यवहारबाट दुःखी भएका डीआइजी कार्की बरिष्ठतालाई उपेक्षा गरी बढु्वा सिफारिस गरेकोमा क्रुद्ध भएका छन् । उनीमाथि अन्याय भएकाले न्यायका लागि अदालत नै गुहार्ने भन्नेबारेमा पनि डीआइजी अर्याल र कार्की छलफलमा जुटेको स्रोतले बताएको छ । 

    धानुकको नाम कसरी पर्यो ?

     एआइजी बढुवा सिफारिसमा कार्की परेको तर धानुक नपरेको कुरा थाहा पाएपछि बालुवाटारका बिचौलिया रामचन्द्र भट्ट एकाएक सक्रिय भए । धानुकले भट्टलाई लिएर बालुवाटारमा पुगे । धानुकले भट्टलाई बोलकबोल गरेपछि बालुवाटारबाट गृहमन्त्री खाँणलाई पन्त, सिंहपछि धानुकको नाम राख्न दबाब परेको स्रोतले बताएको छ ।

    बालुवाटारको दबाबपछि गृहमन्त्री खाँणको जोर चल्ने कुरा भएन । उनी बालुवाटारसँग टक्कर लिंदा विगतमा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले नवराज सिलवाल आइजीपी बनाउने क्रममा भोगेको नियति भोग्नुपर्ला भनेर तर्सिए । र, धानुकसँगै लाभ लिनतिर लागे । धानुकले अन्तिम समयमा कार्कीको नाम काट्नका लागि रामचन्द्र भट्टमार्फत् बालुवाटार मिलाउन ठूलै रकम खर्च गरेको चर्चा प्रहरी बृत्तमा छ ।

    मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राखिने भएपछि रामचन्द्र भट्टले धानुकलाई एआईजीमा बढुवा सिफारिस गराएर ठेक्कापट्टामा चलखेल गर्ने योजना बनाएका छन् । भट्ट धानुकलाई प्रशासन विभागको प्रमुख बनाउने र ठेकेदारहरुसँग सेटिङ गराएर लाभ लिने दाउमा छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार