Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पल शाहलाई आज अन्तिमपटक ५ दिन म्याद थप गरिंदै


    शुक्रबार, चैत्र ४ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दमौली । जबरजस्ती करणीको मुद्दामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आज शुक्रबार अन्तिमपटक ५ दिन म्याद थप गरिने भएकाे छ ।

    यसअघि जिल्ला अदालत तनहुँले दोस्रोपटक लिएकाे १२ दिनको समय शुक्रबार सकिएसँगै थप अनुसन्धान नसकिएकाे भन्दै आज अन्तिमपटक ५ दिन म्याद थप गर्न लागिएकाे स्राेतले जानकारी दिएकाे छ ।

    कार्यालय तनहुँलाई अनुमति दिएको थियो।तर, सोही समयमा नवलपुरमा दर्ता भएको अर्को बलात्कारको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते शाहलाई नवलपुर लगिएपछि अनुसन्धानको बाँकी काम गर्न नसकेको प्रहरीले जनाएको छ ।  जसकारण शाहमाथिको अनुसन्धान अझै नसकिएकाले आज पुन म्याद थपको अनुमति लिइने स्राेतले  बतायाे ।

    यता  शाहविरुद्ध बिहिबार नै  जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।   

    १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 

    मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । 

    जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए । 

    त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । 

    शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार