Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीका सबै स्थानीय तहकाे ५५ प्रतिशत बजेट सडक सञ्जालमा खर्च


    शुक्रबार, चैत्र ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । जिल्लाको एक तथ्यांकअनुसार महाेत्तरीका सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ । यति धेरै खर्च हुँदा पनि प्रत्यक्ष जनसरोकारसँग जोडिएका सडक सञ्जाल भने कमै छन । 

    गौशाला नगरपालिकाको  औरही पुलदेखी-गौशाला मरहा पुलसम्म बनेको करिब सात किलोमिटर सडकले स्थानीय सरकारको कार्यकालभरि कै नमुना कामको पहिचान बनाएको छ । करिब तीन  करोड लगानीमा बनेको यस कालोपत्रे सडकले चारवटा वडाका ३० हजार जनसंख्यालाई विकटताबाट उद्धार गरेको छ । 

    वडा न.१, ३, ४, ६ लाई छोएको सडक सञ्जाल नगरपालिकाको मूख्य सडकसम्म मात्र जोडिएको छैन, किसानहरूका उत्पादित वस्तुलाई स्वेच्छाले बर्दिबास तथा लालबन्दीसम्म  पुगेर बेच्नका लागि सहज बनाइदिएको छ ।

    `जताततै सडक सञ्जाल बनाएर मात्र विकाश हुने होइन, त्यसकाे उपयोगिता जनतालाई कसरी राहत दिइरहेको छ भन्ने मूख्य विषय हो,´ नगरपालिकाका नगरप्रमुख सिवनाथ महतो बताउँछन् ।

    हुन त स्थानीय सरकारको कार्यकालभरिको उन्नतिलाई हेर्ने हो भने अन्य पालिका जस्तै यहाँ पनि अधिकतम बजेट सडक सञ्जाल विस्तार गर्नमा नै खर्च भएको छ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको सुरुको वर्षमा खासै सडक सञ्जाल  विस्तारमा ध्यान नदिए पनि दोस्राे आर्थिक वर्षवाट सडक निर्माणमा ठूलो रकम खर्च भयो । पाँच वर्षसम्म आइपुग्दा लगभग ३० करोड रकम सडक सञ्जालमा नै खर्च भएको छ ।

    अहिलेसम्म आइपुग्दा पालिकामा करिब ३० किलोमिटर सडक ढलान भएको छ भने यो आर्थिक वर्षसम्म गरेर लगभग ११ किलोमिटर कालोपत्रे सडक बन्दै छ । सबै आर्थिक वर्षमा भएका कामहरूलाई जोड्ने हो भने २० किलोमिटरको हाराहारीमा सडक स्त्तरोन्नति तथा  विस्तारका काम भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार