काठमाडाैं । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ ।
उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाएका हुन् ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।
यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण काठमाडौंका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए ।