Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा मोटरसाइकलको ठक्करले बालकको मृत्यु


    बिहिबार, चैत्र ३ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । बारामा मोटरसाइलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

    नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो ।

    पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार