काठमाडौं । काठमाडाैंमा होली खेल्ने नाममा तिब्र गतिमा चलाएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माका अनुसार बिहीबार मध्यान्हसम्म ३४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको छ ।
होल्ड गरिएको सवारीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको सवारी साधनलाई साँझ ७ बजे मात्र सवारी धनीको जिम्मा लगाइने शर्माले जानकारी दिए ।
ट्राफिक प्रहरीले उपत्यकामा बिहानैदेखि मापसे जाँच गरिरहेको छ । ६ जना चालकलाई मापसे गरेर सवारी चलाएको कसुरमा जरिवाना गरिएको छ ।