Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • हाेलीकाे साइडइफेक्ट- उपत्यकामा मापसे गरेर चलाइएका १ सय ६३ सवारी नियन्त्रणमा


    बिहिबार, चैत्र ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्माले साधनलाई ट्राफिक ‘होल्ड’मा राखिएको जानकारी दिए ।

    याे समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ ।

    तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।

    काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार