Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपा नेपालकाे चुनाव चिह्न तीर


    बिहिबार, चैत्र ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् ।

    राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जनाएका छन् ।

    राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म तीर चुनाव चिह्नलाई पार्टीको प्रचार प्रसार सामग्रीमा प्रयोग गर्न देशभरका संगठनहरुलाई आग्रह गरेको छ ।

    पार्टीको झण्डामा रहेको पहेंलो रंगको पृष्ठभूमिको मध्यभागमा कालो रंगमा तीर चिह्न प्रयोग गर्न राप्रपा नेपालले भनेको छ ।

    RPP-Nepal.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार