Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बज्रवाराहीमा प्रधानमन्त्री: गोदावरी नगरपालिका भवनको उद्घाटन


    शुक्रबार, फाल्गुन २७ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चापागाउँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार ललितपुरको बज्रवाराही पुगेर गोदावरी नगरपालिकाको भवन उद्घाटन गरेका छन् । छैटौं स्थापना दिवसको सन्दर्भ पारेर नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्थानीय विकासका गोदावरीले फट्को मारेको र आगामी दिनमा विकाशको गति अझ बढ्ने विश्वास व्यक्त गरे ।

    ललितपुर १ का संघीय सासंद नवराज सिलवालले गोदावरीका २० वटा योजना केन्द्रले काटेकोमा दुःख व्यक्त गर्दै पुन सुचारु गर्न ध्यानाकर्षण गरे ।

    ललितपुर ३ की संघीय सासंद पम्फा भुसालले ललितपुरका जनप्रतिनिधिको समन्वयमा विकाशका काम अघि बढाउने बताइन् ।

    नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरीमा आफूले जतिसुकै काम गरे पनि बाटोका धुलो र धुवा देखाएर स्थानीयले आलोचना गरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘गोदावरी र चापागाउँ सडक विस्तारका लागि सरकारले मुआब्जा व्यवस्था गरोस् ।’

    गोदावरी नगरपालिकाको प्रशासनिक भवन २०७५ सालको आश्विन २५ गते  नगरपालिकाका संघीय सासंद नवराज सिलवाल, प्रदेश सासंद चेतनाथ सञ्जेल र सुशीला पुन र मेयर जगेन्द्र महर्जनले शिलान्यास गरेका थिए । २ वर्षभित्र निर्माण पुरा गरिसक्नु पर्ने योजना भए पनि १७ महिना ढिलो गरी भवनको शिलान्यास हुन लागेको हो ।

    करिब १२ रोपनी जग्गामा निर्माण भएको भवन ७ तलाको छ । भवनमा २ तला बेसमेन्ट पार्किङ रहेको छ । परम्परागत डिजाइनमा बनाइएको भवनको माथिल्लो तलामा हल रहेको छ भने लिफ्ट समेत राखिनेछ ।

    २७ करोड ४९ लाख ८९ हजार ३५ रुपैयाँ भवन निर्माणको बजेट विनियोजन गरिए पनि तुल्सीभक्त ड्रागन जेभिल २१ करोड ४५ लाख ५६ हजार ६१  रुपैयाँमा ठेक्का लिएर संयुक्त ठेक्कामा भवन निर्माण गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार