Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ


    शुक्रबार, फाल्गुन २७ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

    उनीहरुलाई गोकर्णेश्वर नगरपालिका–५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने २०  वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २० वर्षीय दिपेश मगर र गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २४ वर्षीय विशाल राना रहेका छन् । 

    महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।  

    जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार