Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानले खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने


    बिहिबार, फाल्गुन २६ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जापान सरकारले नेपाललाई २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । 

    उक्त अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी नोटमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र जापानको तर्फबाट जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् । 

    यो सहयोगले विराटनगरका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास जापानी दूतावासको छ । 

    सहयोगबाट विराटनगरका एक लाख जनता लाभान्वीत हुने जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार