Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त


    बिहिबार, फाल्गुन २६ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संखुवासभा मादी-६मा बिहीबार बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । 

    १४ जनाको मृत्यु र पाँच जना घाइते हुने गरी भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ । 

    केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बिहीबार अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सो घटनामा परि ज्यान गुमाएप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ । 

    cpn-uml.jpg-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार