Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनाव चिह्न हरियो बनाउने निर्वाचनमा आयोगको प्रष्टीकरण: गणना सजिलो बनाउन रङ फरक पार्न खाेजिएकाे हाे


    बिहिबार, फाल्गुन २६ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चुनाव चिह्नको रङ हरियो बनाउने निर्वाचन आयोगकाे निर्णयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरपछि आयोगले स्पष्टीकरण दिएकाे छ ।

    ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाएपछि बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खाेजिएकाे भन्दै स्पष्टीकरण दिएकाे हाे ।

    निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ ।

    नेपालमा निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ । २०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो । चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको स्राेतले बताएकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार