Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालापहाडबाट जुम्ला फर्किनेको लर्को


    बुधबार, फाल्गुन २५ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला।रोजगारीका लागि भारत गएका जुम्लाबासी फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लावासीको घुइचो लाग्न थालेको हो । गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन् ।

    दसैँ लगतै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । ‘घरमै बसौं रोजगारीका अवसर छैनन् । बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिँदैन,’ स्थानीय बिर्षबहादुर बुढाले भने,‘कालापहाड रहर होइन, बाध्यता हो ।’

    हिउँदको सुख्खा सिजनमा खेतीपातीका लागि कुनै काम नहुँदा आफूहरू काला पहाड जाने गरेको उनले बताए । घर फर्कँदा सीमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो उनीहरूको छ । जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा कालापहाड जाने गरेका छन् ।

    ‘गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि हुँदैन,’ बिर्खबहादुरले भने, ‘कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरेका छन् । भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिन्छन् ।’

    जुम्लामात्रै होइन कर्णालीबाट हजारौं युवा कालापहाड जानेगर्छन् । गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश हुने गरेको उनले बताए ।

    युवा जति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्र रहेको उनले बताए । कालापहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ लिने गरेको उनी बताउँछन् ।

    न्युज कारखाना
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार