Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला दिवसको अवसरमा राजविराजमा विभिन्न कार्यक्रम


    मंगलबार, फाल्गुन २४ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी।“सामाजिक न्याय र लैङ्गिक समानता : दिगो बिकासको सुनिश्चितता” नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मंगलबार राजविराजमा बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।

    महिला मानवअधिकार अधिकार रक्षक संजाल तथा जिल्लाको विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बृहत रूपमा निकालिएको र्याली  नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो ।

    र्यालिपछि नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा बिचार आदानप्रदान कार्यक्रम गरिएको थियो । बिचार आदानप्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि  एकल महिलाका केन्द्रीय सदस्य अनिता देवकोटाले महिलाहरू संगठित भएर अगाडि बढ्दा हिंसा न्युनिकरण हुनेमा जोड दिईन्।

    महिला प्रति समाजमा बढ्दो बिकृति चिर्न महिलाहरू शिक्षित र आर्थिक रूपमा संशक्त हुनुपर्नेमा जोड दिईन्।
    कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संविधानमा महिलाका लागि प्रयाप्त अधिकार दिएपनि व्यवहारमा कार्यान्वयन हुन नसक्नुको मुख्य कारण संविधानमा महिलालाई अधिकार दिएपनि व्यबहारमा कार्यान्वयन हुन नसक्नुको मुख्य कारण परम्परादेखिको 
    कुरिति र रितिरिवाज हो।
    महिला मानवअधिकार रंक्षक संजाल सप्तरीका उपाध्यक्ष र परिकल्पना नेपाल सप्तरीको अध्यक्ष मूल आयोजक समारोह समितिका संयोजक सुधा देवको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी कार्यालयका एसपी एसपी प्रदिप खड्का,ईनसेक प्रतिनिधि मनोहर पोखरेल,पूर्व शिक्षिका मंजु श्रेष्ठ,सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास,मैथिली महिला परिषद्कि अध्यक्ष शान्ति झा,अधिवक्ता पार्वती राउत,साहित्यकार करूणा झा लगायतले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए।
    त्यसैगरी अखिल नेपाल महिला संघ (समाजवादी), सप्तरी जिल्ला कमिटीले महिला दिवसको अबसरमा महिला दाैड प्रतियाेगीता, घैलाफाेर, प्रतियोगिताको आयोजना गरेको थियोे ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार