Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या गरेको १५ वर्षपछि आरोपी बहराइनबाट पक्राउ


    मंगलबार, फाल्गुन २४ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले घटना भएको १५ वर्षपछि एक जना हत्याका आरोपीलाई बहराइनबाट पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ छन् । 

    कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । 

    २०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । 

    घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो । 

    उनलाई बहराईनमा पक्राउ गरिएको हो । उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो ।

    गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार