Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु


    मंगलबार, फाल्गुन २४ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट  लागेर मृत्यु भएको हो ।

    कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो ।

    अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुईमा झार्दै गर्दा बिजुलीको तारमा छाेएर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनकाे देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार