Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारी दिवसको अवसरमा महिलाले झापा गोल्डकप नि:शुल्क हेर्न पाउने


    सोमबार, फाल्गुन २३ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नारी दिवसको अवसरमा पाँचौ झापा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा नारीहरुले नि:शुल्क खेल हेर्न पाउने भएका छन् ।

    आयोजकले सोमाबर एक विज्ञप्ती जारी गर्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोल्डकपअन्तर्गत मंगलबार तय थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको हो ।

    ‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार  झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै महिलामा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।

    जारी प्रतियागितामा १० टोलीको सहभागीता रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार