Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पल-गायिका प्रकरण: चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ


    सोमबार, फाल्गुन २३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। 

    गुल्मी घर भई बुटवल महानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । 

    थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ।

    ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ।

    काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार