Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • नेप्से कारोबारमा झिनो अंकको सुधार


    सोमबार, फाल्गुन २३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ । नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ ।

    आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो । नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन् । 

    आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ । कारोबार रकममा पनि केही सुधार आएको छ । 

    सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ । आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ । आइतबार दुई अर्ब ४९ करोडको कारोबार भएको थियो । 

    सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार