Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइएमई जनरल इन्स्योरेन्सद्धारा थप २ वटा सेवा शुभारम्भ 


    सोमबार, फाल्गुन २३ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई सेवा शुभारम्भ गरेको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा थप भएका दुई सेवाको बारेमा जानकारी दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि वीमा समितिका अयक्ष सूर्यप्रसाद सिलवाल थिए । कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्वमा भएको उक्त कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलसहित कम्पनीका संचालक समितिका पदाधिकारीहरु, स्पार्क अटोकेयर प्रा.लि. का अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरु, विभिन्न संचार माध्यमका पदाधिकारी तथा प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । 
    आइएमई जनरल इन्स्योरेन्सले आईजीआई हेल्थपल्स बीमालेख  र आईजीआई  इजी क्यासलेस क्लेम सेटलमेन्ट सेवा थप गरेको जानकारी विज्ञप्तिमार्फत् दिएको छ । 

    आईजीआई हेल्थपल्स बीमालेख अन्तर्गत आइएमई जनरल इन्स्योरन्स लि. ले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाताभित्र समेट्नेगरी आइजीआई हेल्थ प्लस बीमालेख ल्याएको छ । यस बीमालेख अन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातक रोग बीमा समावेश गरिएको छ । 

    क. दुर्घटना बीमाः यस बीमालेख अन्तर्गत बीमालेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित रु.५ लाखदेखि १५ लाख सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।
     
    ख. औषधोपचार बीमाः यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च रु.१ लाख देखि ५ लाखसम्म नगद रहित वा सोधभर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।
     
    ग. घातक रोगः यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिनेछ ।

     परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्षसम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने ।
     ५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ ।
     बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र Maternity को लागि ९ महिनाको Waiting Period  लाग्ने छ । 
     औषधोपचार बीमालेख अन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ ।
     यस बीमालेख अन्तर्गत  हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ ।
     यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ । 

     थप गरिएको दोस्र्रो सेवा भनेको आईजीआई क्यासलेस क्लेम सेटलमेन्ट हो । यो सेवा हाललाई काठमाण्डौं उपत्यकाभित्र लागु हुने जनाइएको छ । कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहक महानुभावहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्नेगरी यो सेवा शुभारम्भ गरिएको छ । यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संझौतापत्रमा हस्ताक्षर गरी सेवाको शुरुवात भएको उल्लेख छ ।

    कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेश्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भई मर्मत संभार गर्नुपर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यले यो सम्झौता गरिएको छ ।

    आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नरमा फोन, एसएमएस, भाइबर, ह्वाटसऐपमार्फत दुर्घटनाको जानकारी  गराउन सकिनेछ । 
    क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरीस्थित स्पार्क अटोकेयर प्रा.लि को सर्भिस सेन्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घण्टभित्र स्पार्क अटोकेयरले आप्mनै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतका लागि लिएर जानेछ ।

    सवारी साधन सर्भिस सेन्टरमा पु¥याए पश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै सर्भिस सेन्टर कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी स्पार्क अटोकेयरबाट भइरहनेछ । 

     मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयरले आफैंले काठमाण्डौं उपत्यकाभित्र सवारी धनीको घरसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।

      यसरी सहज र सरल रुपमा निजी सवारी धनीहरुले नगद सहित दावी सेवा प्राप्त गर्न सक्ने आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार