Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यकाे एक लाख तीन हजार रुपैयाँ


    सोमबार, फाल्गुन २३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो ।
     
    यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ  । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

    यसैबीच, सरकारले  सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र  बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि  दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार