Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा एक शिक्षक पक्राउ


    आइतबार, फाल्गुन २२ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हरिप्रसाद भुसाल 

    अर्घाखाँची । १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । 

    मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

    शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार