काठमाडौं । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ ।
आइतबार साँझ निमोनियाका कारण ९३ वर्षीय बर्माको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी जनाएका बर्मा पुराना कम्युनिष्ट नेता हुन् । पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल सहभागी भएको थियो ।