Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरका तीनवटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू


    आइतबार, फाल्गुन २२ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरकाे सूर्यविनायक नगरपालिका-१० स्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ।

    पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको हो। 

    ती पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको हो।

    प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो।

    भक्तपुरमा बर्डफ्लू भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पंक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ। 

    समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको चार किलाभित्रको पंक्षी तथा पक्षीजन्य वस्तुहरू दाना, सुली, अण्डालगायत वस्तुहरू नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। 

    समितिले भक्तपुरलगायत काठमाडौं उपत्यका भित्रिने नाकाका साथै स्थानीयस्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहको सहकार्य र समन्वयमा पंक्षी, पंक्षीजन्य वस्तुहरू ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार