Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँतर समुदायको पहिलो डाक्टर अर्जुन


    आइतबार, फाल्गुन २२ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी। सप्तरीका सरदार(बाँतर)समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन् । 

    कञ्चनरुप नगरपालिका–८का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेको हो । उनी डा  भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ ।

    अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र वाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए ।

    डाक्टर सरदार हुने बिरूवाको चिल्लो पात भने झै सानै देखि मेहनति थिए । बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियोे । उनले आमाको मेहनतले आफू डा. बन्न सफल बन्न सकेको बताए।

    नेपालको वाँतर समुदायमा पहिलो डा.बन्न सफल भएकोले गाउँ नै खुशी छ । ‘हाम्रो समुदायमा म मात्रै डाक्टर भएर पुग्दैन। म जस्तै यस समुदायका भाइ बहिनीहरू पनि डाक्टर बन्नुपर्छ’ सरदारले भने ।

    वाँतर समुदायमा पहिलो एमबीबीएस  डाक्टर बन्न सफल भएकोले गाउँ घरमै बिरामीहरुलाई सेवा गर्नु पर्ने छिमेकीहरूको भनाइ रहेको छ। स्थानीय सुनिता कुमारी सरदारले  भनिन्,´वाँतर समुदाय समुदायमा अर्जुन जस्तै अरु वाँतर समुदाय अगाडी बढ्न जरुरी छ ।’

     दलित समुदायले आफना छोरा छोरीहरुलाई ५ देखि १० कक्षा सम्म पढाएर बिवाह गर्ने प्रबृत्तिको अन्त्य गरेर उच्च शिक्षामा जोड दिनुपर्ने स्थानीय राजकुमार पासवानले बताए  । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार