Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई लाख २१ हजार नगदसहित ११ जुवाडे पक्राउ


    आइतबार, फाल्गुन २२ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । प्रहरीले दाङकाे घोराही उपमहानगरपालिका- १५ स्थित न्यू सुप्रिया होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा  ११ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँचीको नगरपालिका–८ का गोपालबहादुर कुँवर, रोल्पाको रुन्टीगढी गाउँपालिका–७ का सरोज पुन, घोराही–९ का घनश्याम वली, घोराही–५ का कृष्णबहादुर रावत, घोराही–१३ का मनबहादुर खड्का, घोराही–१६ का रमेशबहादुर कुँवर रहेका छन् । 

    त्यसैगरी घोराही–१३ का खेमराज गिरी, घोराही–४ का काशिराम भट्टराई, घोराही–१५ का भुमबहादुर केसी, बबई गाउँपालिका–६ का युवराज केसी, प्युठानको प्युठान नगरपालिकाका–५ का जीवन नेपाली रहेका छन् । उनीहरूकाे साथबाट २ लाख २१ हजार नगद समेत बरामद भएकाे प्रहरी स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार