Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन आयातमा कटौती, दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने


    आइतबार, फाल्गुन २२ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाइ गर्ने भएको छ ।

    आइतबार एक निर्देश जारी गर्दै राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो । 

    रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ ।

    यसअघि बैंकहरुले दैनिक २० किलोग्राम सम्म सुन आयात गर्न पाउँथे । तर, पछिल्लो समय रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्राको संचिति समेत घटेपछि बैंकले सुन आयात नियन्त्रणको नीति लिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार