Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ


    आइतबार, फाल्गुन २२ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । 

    गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।

    तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

    प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार