Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भवन शीतलनिवासमा एकसाथ प्रधानमन्त्री र प्रधानसेनापति


    आइतबार, फाल्गुन २२ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । 

    प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । 

    ‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले न्युज कारखानालाई जानकारी दिए । 

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्र्ता नभएर प्रतिवेददन बुझाउने काम मात्र भएको उनले बताए । 

    ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उनले भने, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार