काठमाडौं । जबरजस्ती करणीको मुद्दामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आइतबार १२ दिन म्याद थप गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको हाे ।
म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो ।
१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएकाे चार दिनपछि शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए ।