Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अवैध लागूऔषधसहित ७ जना पक्राउ


    आइतबार, फाल्गुन २२ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

    मकवानपुर, कैलाली, मोरङ र सुनसरीबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट ७ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय अजय घले रहेका छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

    कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीबाट २२ वर्षीय टाइसन कुश्मी चौधरीलाई करिब १ सय ८० मिलिग्राम खैरो हेरोइन सहित शनिबार प्रहरीले पक्राउ गरको छ ।

    सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा टाइसन कुश्मीको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

    मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट २२ वर्षीय प्रकाश ढकाल समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब १२ ग्राम २३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ प्रहरीले बरामद गरेको छ । 

    सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली डेरा गरी बस्ने २६ वर्षीय चेतन मगरलाई नियन्त्रित लागूऔषध ३ हजार ६० ट्याब्लेट ट्रामाडोल, १ हजार ७ सय ५० ट्याब्लेट स्पास्पेइन र २ हजार ३ सय १५ ट्याब्लेट डिकोलिक सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार