वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यकाे २९ वर्षीय संदिप पटेल र २५ वर्षीय प्रेम पटेल रहेका छन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ ।
ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
लागु औषध (गाजा), मोटरसाईकल र पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कारबाहिको लागी ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।