Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमै पहिलो पटक MyPay वालेट प्रयोग गर्दा रु १ लाखको बीमा सुविधा..


    आइतबार, फाल्गुन २२ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको MyPay  ले नेपाल मै पहिलो पटक वालेट प्रयोग गर्दा रु १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।

    MyPay का अनुसार ग्राहक महानुभावहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको बताएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहक महानुभावहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

    उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि MyPay  एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना MyPay  मार्फत न्यूनतम रु १ हजारको कारोबार भएको हुनुपर्छ । यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको रु १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएस मार्फत गराइनेछ कम्पनीले प्रस्ट पारेको छ ।

    यस बीमा सुविधाका अतिरिक्त MyPay मार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र रु १ मा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिले देखिनै दिँदै आइरहेको छ । साथै MyPay  का ग्राहक महानुभावहरुले MyPay मार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक उपयोग गर्दै आइरहनु भएको छ । यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । MyPay  ले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार