Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • उद्योग बाणिज्य संघ ललितपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


    शनिबार, फाल्गुन २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । उद्योग बाणिज्य संघ ललितपुरको आयोजानामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर उद्योग बाणिज्य संघले आफ्नो  ५५ औं स्थापना दिवसको अबसरमा सो कार्यक्रम गरेको हो ।

    आज शनिवार ललितपुरको लगनखेल बसपार्कमा  आयोजना गरेको उक्त रक्तदान  कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्षका  मनोजबहादुर न्याछ्योले संघको ५५ औं स्थापना दिवस रक्तदान जस्तो पवित्र कार्य गरेर मनाउन पाएकोमा खुसी लागेको बताएका छन् । रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका थिए । 

    उद्योग बाणिज्य संघका अध्यक्षका  मनोजबहादुर न्याछ्योले सम्मपूर्ण रक्तदातालाई  प्रमाणपत्र बितरण गरेका थिए।  
    रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसिएशन (ब्लोदान)का उपाध्यक्ष सानुलाल महर्जन तथा उद्योग बाणिज्य संघ ललितपुरका पदाधिकारीहरुको  उपस्थिति रहेको थियो।

    nyacha.jpg

    blood donar.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार