Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • युक्रेन र रुसबीचको संकट: ५११ नेपाली सीमावर्ती देश पुगे


    शनिबार, फाल्गुन २१ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युद्धग्रस्त क्षेत्र  युक्रेनमा  फसेका  ५११ नेपाली ज्यान जोगाउन सुरक्षित रुपमा सीमावर्ती छिमेकी देशमा पुगेका छन् । हालसम्म युक्रेनबाट पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा चार जना नेपाली पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । युद्धग्रस्त क्षेत्रबाट सुरक्षित रुपमा सीमावर्ती छिमेकी देशमा आइपुगेका उनीहरुलाई  भारतीय उडानबाट नेपाल फर्काउने ल्याउने तयारी छ ।

    युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्‍याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार