Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं प्रशासनले लगाएको सबै प्रतिबन्ध खुला


    शुक्रबार, फाल्गुन २० २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् ।
    कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही क्षेत्रमा प्रतिबन्ध लगाएको थियो ।

    पछिल्लो समय कोरोना संक्रमण न्यून विन्दुमा झर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउन हटाएको हो ।

    C89DDC8A-65E5-4F9E-8D28-81A8613AC4D8.jpeg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार