काठमाडौं । देशभरका नदीनाला तथा खोलाहरूबाट जथाभावी रूपमा भइरहेको रोडाढुङ्गा तथा गिट्टी बालुवा उत्खननका विषयमा सर्वोच्च अदालतले आदेश जारी गरेको ।
देशभरका नदीनालाबाट जथाभावी रूपमा गरिएको उत्खननले मानव जीवन, बस्ती र वातावरणमा प्रतिकूल असर गरेको भनी दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हाे ।
अदालतले देशभर नदी उत्खननका बारेमा अध्ययन गर्न बहालवाला सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न समेत आदेश जारी गरेको छ ।