Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कावासोतीमा मृत गैँडा फेला ,चालु आर्थिक वर्षमा ३० गैडा मरे


    शुक्रबार, फाल्गुन २० २०७८
    500
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ।

    कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ। 

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैंडाबारे जानकारी पाइएको बताए।

    ‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैंडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍यो’, मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।

    यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए। यस वर्ष हालसम्म मरेका गैंडामध्ये २८ गैंडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैंडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार