Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कानुनको अभावमा समस्या झेल्दै कर्णाली प्रदेशकाे ऊर्जा विकास मन्त्रालय


    शुक्रबार, फाल्गुन २० २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएकाे छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि, ऐनहरु निर्माण नभएपछि काम गर्न समस्या भएकाे मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । 

    जस कारण अहिले खानेपानी, सिँचाई, विद्युत विकास ऐन बनाउका लागि काम सुरु भएको उनकाे भनाइ छ  । आवश्यक ऐन , नियमको अभावमा समस्या आएपछि त्यसलाइ निराकरण गर्न तत्काल ऐन नियम बनाउन लागिएको जानकारी दिएका उनले  मन्त्रालयकाे जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै आफ्नाे सक्रियता बढाएका हुन् । 

    मन्त्री सिंहका अनुसार ४२ करोडको आयोजनाहरू सम्झौता हुन बाँकी रहेकाे र एक हजार १३७ आयोजनामध्ये ४५० मात्र सम्झौता भएर काम सुरु गरिएको छ ।

    ३२ करोडको योजना मात्र सम्झौता भएकाे र उज्यालो कार्यक्रमको बजेट समेत तत्काल कार्यान्वनमा ल्याइने मन्त्री सिंहले कर्णाली प्रदेशसभामा बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार