Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


    बिहिबार, फाल्गुन १९ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    उनीहरुको साथबाट नगद २ लाख ४२ हजार १८५ रूपैयाँ  र ८  बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । 

    यस्तै, दाङको घोराही उपमहागरपालिका–१८ मसिना बस्ने ३२ वर्षीय बुद्धिराम रोकाको घरमा तास खेलिरहेको अवस्थामा रोका लगायत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ६ सय रूपैयाँ  र एकगड्डी तास सहित पक्राउ गरेको हो ।

    घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार