काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता अनुमाेदन पछि असन्तुष्ट रहदै आएकाे विप्लव नेतृत्वको नेकपाले भोलि शुक्रबार जनसभामा गर्ने भएका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै नेकपाले एमसीसीकाे विरोधमा शुक्रबार खुल्लामञ्चमा विरोध सभामा गर्ने जानकारी दिएकाे हाे ।
उक्त सभालाई एमसीसीकाे विपक्षमा रहेका पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले सम्बोधन गर्ने भएका छन् ।
त्यस्तै, हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।
एमसीसी विरोधी वाम ६ गठकले आगामी चैत ६ गतेसम्म विभिन्न विरोध कार्यक्रमहरु समेत तय गरेकाे विज्ञप्तिमा उल्लेख छ ।