Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडा सचिवविरूद्ध भ्रष्टाचार मुद्दा


    बुधबार, फाल्गुन १८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे छ । 

    आयोगले कोल्हवी-११ वडा कार्यालयमा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बुधबा मुद्दा दायर गरेको हाे ।

    जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग वडासचिव साहले घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो।सूचनाको आधारमा हेटौंडाबाट खटिएको टोलीले विनोदप्रसादलाई तीन हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत माघ २० गते पक्राउ गरेको थियाे ।

    उनीमाथि तीन हजार पाँच सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजायको मागदाबी गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार