Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदको अधिवेशन अन्त्य


    बिहिबार, असार १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी छन् ।

    बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । कोरोना भाइरस संक्रमण र संसदमा कुनै पनि बिजनेश नभएकाले अन्त्य गरिएको कानुन मन्त्री तुम्वाहाङ्फेले जानकारी दिएकी छन् ।

    नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू बिधेयक पनि नभएकाले संसद अधिवेशन अन्त्य भएको मन्त्री तुम्वाहाङ्फेले बताएकी छन् ।

    rastrapati.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार