काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठक बोलाएर संसद अधिवेशन अकस्मात् अन्त्य गर्ने निर्णय गरेपछि राजनीतिक बृत्तमा अध्यादेश ल्याउने खेल सुरु भएको अड्कलबाजी गरिएको छ । संसदीय दल र पार्टीहरुसँग परामर्श नै नगरी सरकारले अधिवेशनको अन्त्य गरेको छ । अधिवेशनको अन्त्य गर्नासाथ राजनीतिक बृत्तमा पार्टी फुटाउन सहज हुनेगरी प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्न लागेको चर्चा सुरु भएको छ ।
संसदको चालू अधिबेशन आजैदेखि अन्त्य गर्न सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन खोजेको आशंका पार्टीका नेताहरुले गरेका छन् । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिएपछि ओली क्रुद्ध भएका छन् । आफूलाई घेराबन्दीमा पारिएकाले पनि उनी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्षनेताहरुसँग क्रुद्ध छन् । उनी कुनै हालतमा सरकार पनि नछाड्ने र अध्यक्ष पनि नछाड्ने मनस्थितिमा छन् । यद्यपि पार्टीका उनी निकट नेताहरु शंकर पोखरेल, बिष्णु पौडेल, सुवास नेम्वाङहरु पार्टीभित्र एकता कायम गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर प्रधानमन्त्री ओली भने आफूलाई राजीनामा दिन बाध्य बनाए पार्टी फुटाउने तयारीमा रहेको बताइन्छ ।
यसअघि पनि ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । तर पार्टीभित्रै चर्काे आलोचना भएपछि फिर्ता भएको थियो । संसद अधिबेशन आकस्मिक रुपमा अन्त्य गर्नुले त्यसको संकेत मिलेको छ । ओलीका निकट कार्यकर्ताहरुले असार १२ मै निर्वाचन आयोगमा एमाले दर्ताका लागि निवेदन दिइसकेका छन् ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend