काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रधानमन्त्री ओलीबिरुद्धको मोर्चाबन्दीमा उनको मन्त्रिपरिषदका सदस्यहरु पनि सहभागी भएका छन् । बुधबार साँझ झम्सिखेलमा भएको स्थायी समिति सदस्यहरुको बैठकमा ओली सरकारका मन्त्रीहरु बर्षमान पुन, शक्तिबहादुर बस्नेत, रामबहादुर थापा बादल, घनश्याम भूसालहरु सहभागी थिए । यीमध्ये ऊर्जामन्त्री बर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत एमसीसी लगायतका मुद्दामा ओलीसँगै रहेका हुन् । तर यी दुवै मन्त्री अहिले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुपर्ने पक्षमा दृढतापूर्वक लागेका छन् । उनीहरुले ओलीलाई दुवै जिम्मेवारीबाट हटाउनेगरी अगाडि बढ्न नेतृत्वलाई खबरदारी गरेका छन् ।
सम्झौताहीन ढंगले अगाडि बढेर ओलीलाई दुबै जिम्मेवारीबाट हटाउन नसक्ने भए अगाडि नबढ्न पनि उनीहरुले नेतृत्वलाई झकझक्याएका छन् । बर्षमान पुनले त मिडिया पनि ओलीबिरुद्ध सदुपयोग गरिएको बताउँदै अहिलेको अवस्थामा सम्झौताहीन संघर्ष नगर्ने हो भने ओलीले बदलाको राजनीति गर्नेछन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग जस्ता निकाय प्रयोग गरी ललिता निवास काण्ड जस्तै एकएकलाई फसाउने भएकाले ओलीबिरुद्ध सम्झौताहीन संघर्ष गर्नपर्ने सुझाव अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् । ओलीसँग सम्झौता गर्दा भोलिका दिनमा एक एक गरी बदला लिने भय पनि पुन र बस्नेतले शीर्षनेतालाई देखाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार पूर्वमाओवादीमा सबैभन्दा बढी सम्पत्ति थुपार्नेमा बर्षमान पुनको नाम लिने गरिन्छ । बर्षमान पुनले विभिन्न ब्यक्तिका नाममा हिमरिभर हाइड्रोपावरदेखि थुप्रै ठाउँमा अरबका जग्गा खरिद गरेका छन् । जसको सूचना ओलीलाई भएकाले उनलाई सम्पत्ति शुद्धिकरण लगाउने भय छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend